काठमाडौं सहर, समृद्ध गराउने रहर
rajdhanidaily.com · Mon Jun 27 23:26:04 GMT 2022
देश एमसीसीपछि एसपीपीमा फसेको छ । चोखो रहेको भनिएको सेना पनि अब राजनीतिमा मुछिएको छ । हो र होइन भन्ने दलको द्वैध चरित्रजस्तै । नेपालको मुहार काठमाडौं भने कुरूप छ । राजधानी काठमाडौंको समस्या विकराल छ । त्यसो त नेतृत्व लिनेहरू पनि धेरै छन् यहाँ । संघीयतापछि पनि सकी नसकी यहीँ बस्नुपर्ने सबै नेपालीको इच्छा छ । काठमाडौंबासीले अहिले भन्ने गरेका छन्, ‘भानुभक्तको अलकापुरी कान्तिपुरी नगरी हेरियो । पछिल्लो समय मेयरले पद बहाली गरेकै दिन कुचो लिएर सडकमा आएका, पछि भएभरका सपना अधुरो राखी बिदा भएको अवस्था पनि देखियो ।’ काठमाडौंमा यहाँका स्थानीय मात्रै छैनन्, सबै जिल्लाका मात्रै पनि होइनन्, सबै संसारका मानिसको प्रतिनिधित्व छ यहाँ, संख्यामा कम बेसी होला ।
काठमाडौंको फोहोरले संसारलाई गिज्याएको अवस्थामा नयाँ उदाएका तिलस्मी बालेनले आपूmले पद बहाली नगर्दै फोहोरको समस्या समाधानमा जुटेका हुन्, सिसडोल र बन्चरेडाँडामा पुगेर । कार्यपालिकाको बैठकलाई लाइभ पनि गरेका छन्, जनसमर्थनका लागि, खाल्टाखुल्टी सडक मर्मत तत्कालै गर्न पूर्वाधार एम्बुलेन्सको अवधारणा ल्याए र सडकमा गुड्न पनि थालेको छ । अरूले भैmँ सयौं किलोको खादा र मालाले आफ्नो मुहार ढाकेका छैनन् पनि बालेनले । तर, एक्लो वृहस्पति झुठा गराउने दाउमा हुन सक्छन् दलहरू । उनीहरूको काम देशहित होइन दलहित हो, र त जनताका विषयमा कहिल्यै बोलेनन् । केबल दलका आफन्तलाई बोलाएर बैठक राख्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)