भन्सार एजेन्टको आन्दोलन स्थगित भएसँगै जाँचपासको काम सुरु
nepalviews.com · Wed Dec 10 12:48:27 GMT 2025

काठमाडौं । भन्सार एजेन्ट महासंघको आन्दोलनका कारण ठप्प भएको विराटनगर भन्सारलगायत देशभरका भन्सार कार्यालयमा जाँचपासको काम सुचारु भएको छ ।
भन्सार विभाग र भन्सार एजेन्ट महासंघबीच भएको वार्ता सकारात्मक रूपमा टुङ्गिएर आन्दोलन रोकिएसँगै भन्सार जाँचपासको काम सुचारु भएको हो ।
भन्सार ऐनमा गरिएको संसोधनले भन्सार एजेन्ट र उद्योगी व्यवसायीलाई दण्ड जरिवाना लगाएको भन्दै एजेन्टहरुले पेन डाउन गर्दा मंगलबारदेखि भन्सार कार्यालयको काम ठप्प भएको थियो । भन्सार एजेन्टहरुले काम थालेसंगै जाँचपासको काम सुचारु भएको विराटनगर भन्सार कार्यालयका प्रवक्ता एवं भन्सार अधिकृत विमल साहले हिमालयन टेली भ्वाइसलाई जानकारी दिए ।
विराटनगर भन्सार कार्यालयबाट दैनिक करिब ३ सय प्रज्ञापनपत्र मार्फ साढे ३ सय गाडीहरु छुट्ने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)