मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एमसीसी नेपालका लागि महत्वपूर्ण छ, कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : अर्थमन्त्री डा. महत

annapurnapost.com · Thu Oct 05 00:57:10 GMT 2023

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले एमसीसी परियोजना नेपालको विकासका लागि महत्वपूर्ण परियोजना रहेको बताएका छन्। मेलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको शुभारम्भ कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले परियोजना कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

एमसीसी अमेरिकी सरकारले सञ्चालन गरेको अनुदानको आयोजना मात्र नभएर लगानीको हिसाबले पनि नेपाल सरकारको पनि ठूलो योगदान रहने महतले बताए। ‘यो परियोजना कार्यान्वयनमा आउने जति अवरोध छन्, त्यसको समाधान गर्न सरकार प्रतिबद्ध छ।’ उनले भने,‘यो आयोजनामार्फत् विद्युत आयात निर्यातका लागि ट्रान्समिसन लाइन निर्माण र प्रविधियुक्त सडक निर्माण हुनेछ। विशेषतः विद्युत व्यापारका लागि ट्रान्समिसन लाइन हाम्रा लागि महत्वपूर्ण छ। यो विभिन्न मन्त्रालयसँग जोडिएको छ। मन्त्रीहरु बोर्ड सदस्य हुनुहुन्छ, उहाँहरुले पनि यसलाई गम्भीरताका साथ लिनु हुन्छ भन्ने मैले विश्वास लिएको छु।’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)