एलन मस्कको स्पेसएक्सको आम्दानी आकासियो
ratopati.com · Wed Aug 05 09:09:03 GMT 2026

रकेट निर्माता कम्पनी स्पेसएक्सको आम्दानी झन्डै दोब्बर भएको छ । कम्पनीले सार्वजनिक रूपमा सूचीकृत भएपछि पहिलोपटक सार्वजनिक गरेको वित्तीय प्रतिवेदनमा स्याटेलाइट सञ्चार सेवा स्टारलिंक र एआई व्यवसायमा तीव्र विस्तारका कारण आम्दानी बढेको जनाएको छ ।
तर कम्पनीका अधिकारीहरूले स्पेसएक्सको महत्त्वाकांक्षी योजनालाई अघि बढाउन भइरहेको ठुलो लगानी अझै रोकिँदै नरोकिने संकेत गरेका छन् । एलन मस्कको नेतृत्वमा रहेको कम्पनीले डिसेम्बरसम्म वार्षिक आम्दानीको दर १०० बिलियन अमेरिकी डलर पुग्ने अपेक्षा गरेको छ । एआई कम्प्युटिङका लागि नयाँ लगानी गरिएको पुँजी एक वर्षभन्दा कम अवधिमै फिर्ता हुने दाबी पनि कम्पनीले गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)