गगन थापा र असन्तुष्ट पक्ष एक–एक कदम पछि हटेर पार्टी मिलाउनुपर्छ : रञ्जित कर्ण
ratopati.com · Wed Aug 05 09:06:38 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य रञ्जित कर्णले पार्टीभित्रको आन्तरिक कलह अन्त्य गरी एकताबद्ध कांग्रेस बनाउन नेतृत्वलाई विशेष आग्रह गरेका छन् । बुधबार काठमाडौँमा आयोजित ‘एकता–सद्भाव विमर्श : २०८३’ कार्यक्रममा नेता कर्णले पार्टी बलियो नभई लोकतन्त्र र अर्थतन्त्र बलियो हुन नसक्ने ठोकुवा गरे ।
पार्टीभित्र बढ्दै गएको गुटबन्दीप्रति चिन्ता व्यक्त गर्दै नेता कर्णले पार्टी सभापति गगन थापा र असन्तुष्ट (चुनदेवी भेला) पक्षधर दुवैलाई लचिलो हुन आग्रह गरे । उनले भने– ‘नेपाली कांग्रेस एकताबद्ध बनाउनु आजको मुख्य आवश्यकता हो । यसका लागि सभापति र असन्तुष्ट पक्ष दुवैले एक–एक कदम ‘ब्याक’ हटेर भए पनि पार्टीलाई एक ढिक्का बनाउनुपर्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)