जिप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
ratopati.com · Tue Oct 06 22:37:40 GMT 2026

तनहुँ । तनहुँका प्रमुख पर्यटकीय तथा धार्मिक गन्तव्यलाई एउटै पर्यटन सर्किटमा जोड्ने तयारी गरिएको छ । जिल्लामा पछिल्लो समय बढ्दै गएको आन्तरिक पर्यटनलाई लक्षित गर्दै बन्दीपुर र आँबुखैरेनीमा सञ्चालन हुँदै आएको जिप सफारीलाई अन्य पर्यटकीय गन्तव्यसँग जोड्ने योजना अघि सारिएको हो ।
बन्दीपुर भिलेज सफारीका सञ्चालक वसन्त पौडेलका अनुसार बन्दीपुर र आँबुखैरेनी क्षेत्रमा जिप सफारी सञ्चालन भइरहेको छ । पर्यटकलाई सडकमार्ग हुँदै गाउँ, पहाड, धार्मिकस्थल तथा प्राकृतिक गन्तव्यको अवलोकन गराउने उद्देश्यले जिप सफारी सञ्चालन गरिएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)