सुनसरी-सिरहा घटनाका मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार सरकारले गर्ने
corporatenepal.com · Wed Aug 05 09:09:49 GMT 2026

काठमाडौँ । सरकारले सुनसरी र सिरहामा हालै भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका तथा घाइते भएकाहरूलाई क्षतिपूर्ति, राहत र उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले राससलाई जानकारी दिए । बैठकले विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्षमा प्रा डा खड्गबहादुर केसी (पर्वत) र सचिवमा प्राध्यापक डा रोजी श्रेष्ठ (भोजपुर) लाई नियुक्त गर्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)