काराबागविरुद्ध न्युक्यासल ३–२ गोल अन्तरले विजयी
ratopati.com · Tue Feb 24 22:45:55 GMT 2026
काठमाडौँ । इंग्लिस क्लब न्युक्यासल युनाइटेडले यूईएफए च्याम्पियन्स लिगको समूह चरणमा स्थान पक्का गरेको छ । प्लेअफको दोस्रो लेगमा बुधबार भएको खेलमा अजरबैजानको क्लब काराबाग एफकेलाई ३–२ गोल अन्तरले पराजित गर्दै न्युक्यासलले समूह चरणमा प्रवेश गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा न्युक्यासलले सुरुवाती ६ मिनेटभित्रै दुई गोलको अग्रता बनाएको थियो । खेलको चौथो मिनेटमा सान्द्रो टोनालीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने छैटौं मिनेटमा जोएलिन्टनले गोल गर्दै अग्रता दोब्बर पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)