आइसिसी क्रिकेट विश्वकप लिग-२ : युएईमाथि अमेरिकाको जितले नेपाललाई राहत
barnanmedia.com · Tue Oct 06 22:35:09 GMT 2026
आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आफ्नो पछिल्लो खेलमा अमेरिकाले संयुक्त अरब इमिरेट्स (युएई)लाई ६ विकेटले पराजित गरेपछि अंक तालिकामा माथि उक्लिने प्रयासमा रहेको नेपाललाई केही राहत मिलेको छ । युएईको पराजयसँगै नेपालसँग सिधै सन् २०२७ को एकदिवसीय विश्वकप छनोटमा पुग्ने सम्भावना अझै कायम रहेको छ । युएईमाथि सानदार जित निकालेसँगै अमेरिका ३३ खेलबाट ४५ अंक जोड्दै लिग-२ को अंक तालिकाको शीर्ष स्थानमा फर्किएको छ । अमेरिका यसअघि नै विश्वकपको अन्तिम चरणको छनोटमा आफ्नो स्थान सुरक्षित गरिसकेको टोली हो ।
नेपालका लागि भने लिग-२ को यात्रा निर्णायक चरणमा प्रवेश गरिसकेको छ । नेपालले अब प्रतियोगिताको अन्तिम शृंखला ओमानमा खेल्दैछ । यही अक्टोबर ९ तारिखदेखि सुरु हुने उक्त शृंखलामा नेपालसँगै क्यानडा सहभागी हुनेछ । नेपालको सिधै विश्वकप छनोट हुने सम्भावना कायम राख्न अब उसले शृंखलाका चारवटै खेल जित्नुपर्नेछ । त्यसपछि पनि नेपालले अन्य टोलीको नतिजामा भर पर्नुपर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)