कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु
gorkhapatraonline.com · Mon Jun 08 07:52:08 GMT 2026

कङ्गो प्रजातान्त्रिक गणतन्त्रमा इबोला स्क्रमितको संख्या ५१५ पुगेको छ भने ९१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अधिकारीहरूले आइतबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार रोगको फैलावट अझै नियन्त्रणमा आएको छैन र नियन्त्रणका उपाय तुरुन्त प्रभावकारी रूपमा लागू नगरे अवस्था झन् बिग्रिन सक्ने चेतावनी दिइएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार थप तीन जना बिरामी निको भएपछि निको हुनेको संख्या १२ पुगेको छ । हाल ११७ जना शंकास्पद संक्रमित रहेका छन् भने २८३ जना बिरामी आइसोलेसन वा उपचारमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)