मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुपारीखेतीमा इलामका किसानको लगाव

gorkhapatraonline.com · Mon Jun 08 07:53:12 GMT 2026

फिक्कल (इलाम), जेठ २५ गते । पछिल्लो समय इलामका किसान व्यावसायिक सुपारीखेतीतर्फ आकर्षित हुन थालेका छन् । कम लगानी र थोरै मेहनतमा राम्रो आम्दानी हुने देखिएपछि यहाँका किसान खाली जमिनमा व्यावसायिक सुपारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । यहाँका एउटै किसानले आठ हजार बोटसम्म सुपारी लगाउने गरेका छन् ।

माई नगरपालिका–९ का किसान अक्कलबहादुर राईले यसवर्ष मात्र २५ क्विन्टल सुपारी बिक्री गर्नुभएको छ । “मैले अन्य खेती मासेर सबैजसो जग्गामा सुपारी रोपेको छु, आधा बोटबाट आम्दानीसमेत लिन थालिसकेको छु”, उहाँले भन्नुभयो, “प्रतिकेजी रु ७० सम्ममा घरबाटै बिक्री हुने गरेको छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)