एमसीसी पास गर्न फातिमाले दिइन यस्तो दबाब
hamrakura.com · Mon Sep 13 00:00:00 GMT 2021
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विपक्षमा मुलुकका कम्युनिष्ट पार्टीहरू उभिएपछि त्यसलाई सहजीकरण गर्न आएकी उपाध्यक्ष फातिमा सुमारले पत्रकार सम्मेलन गरी सो सम्झौता नेपालको संसद्बाट अनुमोदन हुन ढिलो भइसकेको बताएर गएकी छिन् । अमेरिका फर्कनुअघि आइतबार काठमाडौंमा पत्रकारहरूसँग एमसिसी उपाध्यक्ष फतिमा सुमारले नेपालको संसद्बाट सम्झौता अनुमोदन हुन ढिलो भएको उल्लेख गर्दै चाडै गर्दा राम्रो हुने धारणा राखेकी थिइन ।
नेपालमा कम्युनिष्ट पार्टीहरू सहित केही राजनीतिक समूहले एमसीसी सम्झौताको विरोध गरिरहेका बेला फतिमा बिहीबार बिहान काठमाडौ आएकी थिइन् । फतिमा र उनको टोली नेपाल आए लगत्तै प्रमुख प्रतिपक्षी दलका नेता पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेकी थिइन् । उनी आएपछि नेपालमा विरोध प्रदर्शन थप तीव्र भयो । तर, विरोध प्रदर्शनहरूको परवाह नगरी फतिमाको टोलीले राजनीतिक भेटघाटलाई निरन्तरता दिँदै नेपालस्थित एमसीसीका प्रतिनीधिहरूसँग पनि छलफल गरेकी थिइन ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)
पुष्पकमल दाहाल प्रचण्ड
जनता समाजवादी पार्टी
माधवकुमार नेपाल