उम्मेदवार ढकाल: पिताको किरिया सकेर सेतो वस्त्रमै जनताको आँगनमा
barnanmedia.com · Tue Feb 24 23:08:09 GMT 2026

राजनीतिलाई अक्सर शक्ति, सत्ता र दाउपेचको कथाहरूका रूपमा सुनिन्छ, तर यतिबेला मोरङ क्षेत्र नम्बर ६ को चुनावी माहोलमा एउटा अर्कै मानवीय संवेदना र कर्तव्यको मर्मस्पर्शी कथा कोरिएको छ । शरीरमा सेतो सुतीको वस्त्र, खुट्टामा चप्पल र अनुहारमा बुबा गुमाउँदाको गहिरो शोक । तर, यी सबै व्यक्तिगत पीडा एक उम्मेदवार विनोदप्रसाद ढकाल यतिबेला एउटा बलियो राजनीतिक सङ्कल्प बोकेर चुनावी मैदानमा उत्रिएका छन् ।
ढकालका लागि यतिबेला राजनीति केवल मत माग्ने माध्यम मात्र होइन, यो त एउटा छोराको कर्तव्य र एउटा जनप्रतिनिधिको उत्तरदायित्वबिचको कठिन परीक्षा बनेको छ । एक सय एक वर्षीय पिता विष्णुप्रसाद ढकालको निधनपछि हिन्दू संस्कारअनुसार १३ दिनसम्म कोरामा बस्नुभएको उहाँ, संस्कार र धार्मिक विधि सकिएको भोलिपल्टै जनताको आँगनमा आइपुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)