गाउँनजिकैको सामुदायिक वनमा बाघ देखिएपछि स्थानीय त्रसित
gorkhapatraonline.com · Mon Jun 08 08:01:41 GMT 2026

कैलालीको कैलारी गाउँपालिकास्थित घुरहा नदी आसपासका सामुदायिक वन क्षेत्रमा बाघ देखिन थालेपछि स्थानीयवासी त्रसित बनेका छन्।
डमरुसहितको पोथी बाघले घरपालुवा जनावरसमेत मार्न थालेपछि स्थानीयमा त्रास बढेको हो। वन क्षेत्रको आसपास विद्यालयसमेत रहेकाले विद्यार्थीहरूको सुरक्षाप्रति चिन्ता बढेको कैलारी गाउँपालिका–४, के गाउँका तीर्थराज नेपालले बताउनुभयो। उहाँका अनुसार बाघ देखिएपछि विद्यालय वरपरका झाडी सफा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)