म्यान्मारकी नेतृ सुचीलाई नजरबन्दमा पठाइयो
ekantipur.com · Fri Jul 28 00:32:58 GMT 2023
याङ्गुन — म्यान्मारकी नेतृ आङ सान सुचीलाई जेलबाट नजरबन्दमा पठाइएको छ । बीबीसीका अनुसार सोमबार उनलाई नेपिडोस्थित एक सरकारी भवनमा सारिएको हो । यसअघि उनलाई एक वर्ष एकान्त कारावासमा राखिएको थियो । सन् २०२१ फेब्रुअरीमा सेनाले म्यान्मारमा ‘कु’ गरेर सुचीलाई हिरासतमा लिएको थियो ।
त्यसपछि ७८ वर्षीया उनलाई ३३ वर्षको सजाय सुनाइएको थियो । दुई वर्षयता उनको अवस्थाबारे कुनै सूचना सार्वजनिक भएको थिएन । सत्ता परिवर्तनपछि सैन्य सरकारविरुद्ध अमेरिकार र अन्य पश्चिमा देशहरूले प्रतिबन्ध लगाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)