जीप सफारीमार्फत तनहुँका पर्यटकीय गन्तव्य जोड्ने तयारी
onlinekhabar.com · Wed Oct 07 00:02:29 GMT 2026

२१ असोज, दमौली (तनहुँ)। तनहुँका प्रमुख पर्यटकीय तथा धार्मिक गन्तव्यलाई जीप सफारीमार्फत एउटै पर्यटन सर्किटमा जोड्ने तयारी गरिएको छ । जिल्लामा पछिल्लो समय आन्तरिक पर्यटनको गतिविधि बढ्दै गएपछि बन्दीपुर र आँबुखैरेनीमा सञ्चालन हुँदै आएको जीप सफारीलाई अन्य पर्यटकीय गन्तव्यसम्म विस्तार गर्ने योजना अघि सारिएको हो ।
बन्दीपुर भिलेज सफारीका सञ्चालक वसन्त पौडेलका अनुसार बन्दीपुर र आँबुखैरेनी क्षेत्रमा अहिले जीप सफारी सञ्चालन भइरहेको छ । गाउँ, पहाड, धार्मिकस्थल तथा प्राकृतिक गन्तव्यको अवलोकन गराउँदै पर्यटकलाई नयाँ अनुभव दिलाउने उद्देश्यले सफारी सञ्चालन गरिएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)