एनसेल ल्यायो मनसुन अफर, प्याक वा सिम खरिदमा २० प्रतिशतसम्म क्यासब्याक पाइने
techpana.com · Wed Aug 05 10:45:24 GMT 2026

काठमाडौं । एनसेलले प्रिपेड ग्राहकका लागि 'मनसुन अफर' सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत नयाँ सिम कार्ड वा ५० रुपैयाँभन्दा माथिको प्याक खरिद गर्दा ग्राहकले पाँच प्रतिशतदेखि २० प्रतिशतसम्म तत्काल क्यासब्याक प्राप्त गर्न सक्ने भएका छन् ।
सीमित अवधिसम्म उपलब्ध हुने यो योजनामा सहभागी हुन ग्राहकले एनसेलको प्याक एक्टिभेट गरेपछि एउटा पुष्टि गर्ने एसएमएस प्राप्त गर्नेछन् । उक्त क्यासब्याक रिवार्ड एनसेल एपमा रहेको खातामा जम्मा हुनेछ, जसलाई ग्राहकले २४ घण्टाभित्र दाबी गरिसक्नुपर्ने हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)