डब्लुएचओले भन्यो- जनावरको कच्चा दूधमा बर्ड फ्लुको सङ्क्रमण भेटियो
farakdhar.com · Fri Apr 19 17:16:05 UTC 2024

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा अत्यधिक मात्रामा देखिएको जनाएको छ । एभियन इन्फ्लुएन्जा ए (एचफाइभ एनवान) पहिलो पटक सन् १९९६ मा देखा परेको थियो तर सन् २०२० देखि सङ्क्रमित स्तनधारीको सङ्ख्यामा वृद्धिसँगै चराहरूमा प्रकोपको सङ्ख्या तीव्र रूपमा बढेको छ ।
वर्ड फ्लुको यो प्रजातिका कारण दशौं लाख कुखुरा जङ्गली चराको मृत्यु भएको छ भने जमिन र समुद्री स्तनधारी पनि सङ्क्रमित भएका छन् । गत महिना यसबाट सङ्क्रमित हुने सूचीमा यस प्रकारको इन्फ्लुएन्जाको लागि अति संवेदनशील नठानिएका गाई र बाख्राहरूसमेत परेका भेटिएका थिए । विशेषज्ञहरूको लागि यो अर्को चुनौतीको विषय बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)