बाजुरामा ड्रागन फ्रुट खेतीबाट वार्षिक छ लाखसम्म आम्दानी
bishowkhabar.com · Wed Oct 07 00:29:06 GMT 2026

काठमाडौं — बाजुराको स्वामिकार्तिक गाउँपालिका–१० का भोलाराम जैसीले परम्परागत खेतीभन्दा फरक व्यावसायिक कृषि सुरु गरेर ड्रागन फ्रुट खेतीबाट राम्रो आम्दानी गर्न सफल भएको छ । तीन वर्षदेखि ड्रागन फ्रुट खेती गर्दै आएका जैसीले हाल पाँच रोपनी जमिनमा एक हजार चार सय बिरुवा लगाएको छ ।
गाउँमै उपलब्ध जमिन र स्थानीय स्रोतसाधनको उपयोग गरेर आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण जैसीले प्रस्तुत गर्नुभएको छ। उहाँले ड्रागन फ्रुट बिक्रीबाट वार्षिक पाँचदेखि छ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)