वन डढेलो नियन्त्रणका लागि सिसी क्यामेरा जडान
deshsanchar.com · Fri Apr 19 17:15:39 UTC 2024

काठमाडौँ – वन डढेलो नियन्त्रणका लागि विभिन्न डिभिजनल वन कार्यलयले सिसी क्यामेरा राख्न सुरु गरेका छन्। जङ्गलमा लाग्ने अधिकांश डढेलो मानवीय कारणले भएको भन्दै नियन्त्रणका लागि सिसी क्यामेरा राख्न सुरु गरिएको हो।
चुरोट सल्काएर सलाइको काँटी तथा चुरोटको ठुटा जङ्गलमा फाल्ने, जङ्गलमा घाँस पलाउने भन्दै जानाजान आगो लगाउनेलगायत मानवीय गतिविधिका कारण जङ्गलमा आगो लाग्ने गरेको डिभिजनल वन अधिकृतहरुको भनाइ छ। सिसी क्यामरा जडान गरेर डढेलो लगाउनेलाई कानुनअनुसार कारबाहीको दायरामा ल्याउन वनविद्हरुको सुझाव दिएसँगै सिसी क्यामेरा जडान थालिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)