डेन्यूबमा युद्धपोत फेरि देखिए
khabarhub.com · Wed Aug 05 11:08:11 GMT 2026

एजेन्सी – युरोपको दोस्रो लामो डेन्यूब नदीमा खडेरीका कारण पानीको सतह ऐतिहासिक रूपमा घटेपछि दोस्रो विश्वयुद्धका बेला डुबाइएका दर्जनौँ जर्मन युद्धपोत फेरि देखिन थालेका छन् । पानीको सतह घट्दै जाँदा नदीमा नौवहन प्रभावित भएको छ भने ऊर्जा उत्पादनदेखि नदी यातायातसम्ममा असर परेको छ ।
सर्बियाको प्रहोवो बन्दरगाह नजिक, सर्बिया र रोमानियाको सीमावर्ती क्षेत्रमा डुबाइएका युद्धपोतका खिया लागेका संरचना नदीमाथि देखिन थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)