कांग्रेस महाधिवेशन : वरिष्ठ उपसभापतिमा शर्मा र उपसभापतिमा भुसाल निर्विरोध
kendrabindu.com · Wed Oct 07 00:36:31 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसले यसैपालि सिर्जना गरेको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन् । केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि मंगलबार भएको मनोनयनमा शर्मा र भुसालको मात्र उम्मेदवारी परेको हो ।
२०७८ को चौधौं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका शर्मा गत वर्ष पुसमा भएको विशेष महाधिवेशनबाट उपसभापति थिए । चौधौं महाधिवेशनमा उनी नेता प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवार थिए । त्यति बेला शेखर कोइरालाको प्यानलबाट गगन थापा महामन्त्री निर्वाचित भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)