चुनावपछि राष्ट्रिय सभामा दलहरूको हैसियत फेरिँदै : पहिलो दल एमाले तेस्रो, माओवादी पहिलो र कांग्रेस दोस्रो बन्दै
nayapatrikadaily.com · Tue Jan 09 00:35:00 GMT 2024
यो निर्वाचनपछि राष्ट्रिय सभामा दलहरूको हैसियतमा फेरबदल आउने भएको छ । हाल पहिलो दल एमाले तेस्रोमा खुम्चिने भएको छ भने दोस्रो दल माओवादी पहिलो र तेस्रो दल कांग्रेस दोस्रो स्थानमा पुग्दै छ ।
अहिले राष्ट्रपतिबाट मनोनीतसहित एमालेका १८ सांसद छन् । मनोनीतसहित नौजनाको पद रिक्त हुँदै छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतभारअनुसार सत्तागठबन्धनका सबै उम्मेदवार विजयी हुने निश्चितजस्तै छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने एक सिट पनि एमालेको हुनेछैन । त्यस्तो अवस्थामा एमाले नौ सिटमा खुम्चिँदै तेस्रो स्थानमा पुग्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)