स्पेन नेसन्स लिगको क्वार्टरफाइनलमा
kendrabindu.com · Wed Oct 07 00:41:24 GMT 2026
काठमाडौं । विश्व च्याम्पियन स्पेनले मंगलबार क्रोएसियालाई २–१ ले पारजित गर्दै यूईएफए नेसन्स लिगको क्वार्टरफाइनल यात्रा तय गरेको छ । यो नतिजासँगै स्पेनले आफ्नो लामो अपराजित यात्रालाई पनि कायम राखेको छ ।
क्रोएसियाले इभान पेरिसिचको गोलले अग्रता लिएयता स्पेनको तर्फबाट मिकेल मेरिनोले दुई गोल गरे । पछि उनी दोहोरो पहेँलो कार्ड खाएर मैदान छाडेपछि टिम दस खेलाडीमा सीमित रह्यो । यो जितले स्पेनको अपराजित यात्रा ४२ खेल पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)