रेबिज विरुद्धको भ्याक्सिन वितरण सुरु
ratopati.com · Wed Aug 05 11:17:33 GMT 2026

काठमाडौँ । स्वास्थ्य सेवा विभागले प्रदेशहरूमा रेबिज विरुद्धको भ्याक्सिन वितरण सुरु गरेको जनाएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोज ी तथा रोग नियन्त्रण महाशाखाले नियमित खरिद प्रक्रियाबाट प्राप्त रेबिज विरुद्धको खोपको पहिलो खेप सबै प्रदेशका प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रहरूमा वितरण सुरु गरेको हो ।
महाशाखाका अनुसार प्राप्त खोपलाई आवश्यकताका आधारमा प्रदेशहरूमा वितरण गरी त्यहाँबाट स्थानीय स्वास्थ्य संस्थाहरूमा पुर्याइने व्यवस्था मिलाइएको छ । खोपको शीघ्र वितरण र अभाव हुन नदिन प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रहरूसँग निरन्तर समन्वय भइरहेको महाशाखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)