मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्वदेशी शिक्षालाई प्रोत्साहन गर्न एडुफेयर 

ekantipur.com · Sat Jun 25 01:07:59 GMT 2022

काठमाडौँ — विद्यार्थी र अभिभावकलाई स्वदेशकै शिक्षण संस्थामा पढ्न–पढाउन प्रोत्साहन गर्ने उद्देश्यले शुक्रबारदेखि राजधानीमा शैक्षिक मेला सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले शुक्रबार ‘कान्तिपुर हिसान एडुफेयर (मेला)’ को उद्घाटन गरे ।

मेला उद्घाटन गर्दै उनले सरकार र निजी क्षेत्रले लगानी बढाउँदै लगे नेपाललाई शिक्षाको अन्तर्राष्ट्रिय हब बनाउन सकिने प्रस्ट्याए । त्यसका लागि नेपाली विद्यार्थीलाई पढ्न विदेश पठाउने प्रवृत्ति रोक्नुपर्ने उनको धारणा थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)