मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अधिकांश हवाई टिकट बुक

gorkhapatraonline.com · Wed Oct 07 01:06:13 GMT 2026

दसैँ आउन दुई साता बाँकी रहँदा काठमाडौँबाट बाहिरिने अधिकांश आन्तरिक हवाई उडानको टिकट बुकिङ हुने क्रम बढेको छ । वायुसेवा कम्पनीका अनुसार बाढीपहिरोका कारण प्रमुख राजमार्गमा क्षति हुँदा सडकमार्गको विकल्पमा यात्रु हवाईयात्रातर्फ बढी आकर्षित छन् । दसैँको १५ दिनअघि नै अधिकांश गन्तव्यका सस्तो हवाई टिकट बुक भइसकेका छन् ।

बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले दसैँका लागि काठमाडौँबाट बाहिरिने उडानमा टिकटको माग तीव्र रूपमा बढेको र अघिकांश गन्तव्यका टिकट बुकिङ भइसकेको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)