लुम्बिनी विश्वविद्यालयमा कामचलाउ भिसी र रजिस्ट्रारबीच बढ्दो टकराब
nepalpress.com · Wed Aug 05 11:48:40 GMT 2026

रुपन्देही । लुम्बिनी विश्वविद्यालय नेतृत्वविहीन हुँदा त्यहाँका नियमित कामसमेत पूर्ण सञ्चालनमा आउन सकेका छैनन् भने कामचलाउ रहेका भिसी डा. माणिकरत्न शाक्य र रजिस्टार इन्द्र काफ्लेबीचको बढ्दो टकराबले अध्यापक, कर्मचारी र विद्यार्थीलाई अन्योल बनाएको छ ।
कामचलाउ रहेका रजिस्टार काफ्लेले आफूखुसी कर्मचारी सरुवा गराएपछि भिसी शाक्य असन्तुष्ट बनेका छन् । रातीको १० बजेको समयमा कर्मचारी सरुवा गरिएको भन्दै असन्तुष्ट कर्मचारीले आपत्ति जनाएका छन् भने भिसी शाक्यले कामचलाउ रहेको बेला दीर्घकालीन प्रभाव पार्ने काम गर्न नहुने भन्दै रजिस्टार काफ्लेलाई सचेत बनाएर पत्र नै पठाए पनि उनले त्यो गल्ती सच्चाउनै तयार भएका छैनन् । अर्कोतर्फ यसअघि आफ्नै अगुवाइमा पहिले सम्बन्धन दिएकै कलेजका विद्यार्थीको रजिस्ट्रेसन रोकेपछि अहिले सो कलेजका विद्यार्थीहरू आन्दोलनमा पुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)