मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माधव नेपाल होम आइसोलेसनमा, भेटघाट बन्द

rajdhanidaily.com · Mon Jan 10 23:14:00 GMT 2022

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल आइसोलेसनमा बसेका छन् । केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र उनको सचिवालयका अधिकांशलाई कोरोना संक्रमण देखिएको थियो ।

नेपाल र दाहालबीच कोरोना देखिनुभन्दा अघिल्लो दिन गठबन्धन बैठकका क्रममा भेट भएको थियो । कन्ट्रयाक ट्रेसिङका कारण नेपाल आइसोलेसनमा रहेको र पीसीआर रिपोर्ट नआएसम्म भेटघाट तथा सार्वजनिक कार्यक्रममा सहभागी नहुने उनको सचिवालयले जनाएको छ । यसअघि कन्ट्र्याक ट्रेसिङमा परेका कारण प्रधानमन्त्री शेरबहादुर देउवा पनि आइसोलेसनमा थिए । तर, उनको रिर्पोट निगेटिभ आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)