मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

kendrabindu.com · Wed Oct 07 01:15:54 GMT 2026

कोलम्बस, ओहायो । ‘अमेरिकन आइडल’ मा केही समय देखा परेका ओहायोका एक पूर्व संगीत पादरी (म्युजिक पास्टर) केलेब फ्लिनलाई पत्नीको हत्या गरेको ठहर गर्दै सोमबार आजीवन कारावासको सजाय सुनाइएको छ । गत साता जुरीले उनलाई परपुरुष/परस्त्रीसँगको अवैध सम्बन्धमा रहेका बेला पत्नीको हत्या गरेको ठहर गरेको थियो ।

४० वर्षीय फ्लिनले अरूलाई छलछाम गर्न धर्मको दुरुपयोग गर्नुका साथै कुकृत्यले भरिएका आफ्ना कार्यप्रति उनले कुनै पश्चाताप समेत नगरेको न्यायाधीशले बताएका छन् । सजाय सुनाइनुअघि आँसु झार्दै फ्लिनले आफ्ना दुई साना छोरीहरूसँग क्षमायाचना गरेका थिए । जबकी फ्लिनले उनिहरूकै आमालाई सुतिरहेकै अवस्थामा गोली हान्दा दुवै छोरी घरमै थिए । उनले छोरीहरूको जन्मलाई ‘यस जीवनको सबैभन्दा ठूलो खुसी’ भनेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)