खग्रास सूर्यग्रहणबाट सूर्यका रहस्य खोज्ने वैज्ञानिकको तयारी
kendrabindu.com · Wed Aug 05 11:54:02 GMT 2026

पेरिस। आगामी १२ अगस्टमा स्पेनबाट देखिने खग्रास सूर्यग्रहणलाई वैज्ञानिकले सूर्यको चुम्बकीय क्षेत्र, बाह्य वायुमण्डल र सौर्य आँधीको रहस्य बुझ्ने दुर्लभ अवसरका रूपमा उपयोग गर्ने तयारी गरेका छन्। चन्द्रमाले केही समयका लागि सूर्यलाई पूर्णरूपमा ढाक्ने भएकाले सामान्य अवस्थामा देख्न कठिन हुने सूर्यको बाहिरी तहको प्रत्यक्ष अध्ययन गर्न सहज हुने वैज्ञानिकको विश्वास छ।
खग्रास सूर्यग्रहणका क्रममा चन्द्रमाले सूर्यको तीव्र प्रकाश छेक्ने भएकाले वैज्ञानिकले सूर्यको कोरोना र क्रोमोस्फियरको विस्तृत अवलोकन गर्ने छन्। फ्रान्सको आणविक ऊर्जा आयोग (सिइए) का खगोलशास्त्री एलन साचा ब्रुनका अनुसार यस अध्ययनले सूर्यको गतिविधिलाई सञ्चालन गर्ने भौतिक प्रक्रियालाई अझ राम्रोसँग बुझ्न र यसको दीर्घकालीन विकासक्रमको व्याख्या गर्न सहयोग पुर्याउने छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)