तीन महिनादेखि ठप्प सार्वजनिक निष्काशन, कहिले भर्न पाइएला नयाँ आईपीओ ?
arthasansar.com · Wed Aug 05 11:51:00 GMT 2026

केही समय अघिसम्म निरन्तरजसो आईपीओमा आवेदन खुलिरहेको थियो । तर, पछिल्लो समय असार ३ गते पछि कुनै पनि कम्पनीको आईपीओमा आवेदन खुलेको छैन । अन्तिम पटक असार ३ गते माउन्ट एभरेष्ट पावरको सेयर सर्वसाधारणका लागि निष्कासन भएको थियो । उक्त आईपीओ आएको डेढ महिना पुग्यो तर नयाँ कम्पनीको आईपीओ आउन सकेको छैन ।
आईपीओको स्वीकृति दिने निकाय नेपाल धितोपत्र बोर्डले पनि पछिल्लो समय आईपीओको स्वीकृति प्रदान गर्न सकेको छैन । विगत करिब तीन महिना देखि नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाइ साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छैन । तत्कालिन अध्यक्ष सन्तोष नारायण श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिनु भन्दा दुई दिन अघि अर्थात् बैशाख २ गते तीन वटा कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिइएको थियो । त्यस यता कुनै पनि कम्पनीले धितोपत्र बोर्डबाट आईपीओ निष्काशनको अनुमति पाउन सकेको छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)