कानुनका प्राध्यापक पदपूर्तिमा त्रिविको बदनियतपूर्ण विज्ञापन
ekantipur.com · Fri Apr 19 17:22:54 UTC 2024

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय सेवा आयोगले आन्तरिक र खुला प्रतियोगिताबाट कानुन विषयको प्राध्यापक पदपूर्तिका लागि विद्यमान कानुनी प्रावधानविपरीत दरखास्त आह्वान गरेको छ ।
शिक्षक–कर्मचारी नियुक्ति र सिफारिससम्बन्धी नियम/विनियम संशोधन भए पनि सेवा आयोगले पुरानै व्यवस्थाअनुसार ९ जना प्राध्यापक पदपूर्ति गर्ने गरी विज्ञापन सार्वजनिक गरेको हो । निश्चित सहप्राध्यापकलाई प्राध्यापकमा बढुवा गर्ने उद्देश्यले संशोधित विनियमको साटो पुरानै कार्यविधिअनुसार प्रतिस्पर्धा गराउन लागिएको सेवा आयोग स्रोतले जनाएको छ । २०८० असोज १९ गते संशोधित उक्त विनियममा प्राध्यापक, सहप्राध्यापकले अनुसन्धान तथा कृति प्रकाशनबापत पाउने अंक बढाइएको छ । अनुसन्धान तथा कृति प्रकाशनमा कमजोर सहप्राध्यापकहरू बढुवामा छुट्ने डरले पुरानै कार्यविधि लागू गर्न बदनियतपूर्ण तरिकाले विज्ञापन खोलिएको त्रिविका एक प्राध्यापकले बताए । वैशाख १ गते सार्वजनिक विज्ञापनमा २०७९ मंसिर ११ गतेसम्मको संशोधन मात्रै लागू गर्ने उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)