मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेता मायालुको निधनमा माओवादीद्वारा श्रद्धाञ्जली

ratopati.com · Sat Sep 23 00:10:00 GMT 2023

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीका केन्द्रीय सल्लाहकार खेमराज भट्ट मायालुको निधनप्रति दुःख प्रकट गरेको छ । शुक्रबार सो पार्टीका कावा अध्यक्ष नारायणकाजी श्रेष्ठले एक शोक वक्तव्य जारी गर्दै नेता मायालुको निधनको खबर सिंगो पार्टी मर्माहत भएको बताएका छन् ।

कावा अध्यक्ष श्रेष्ठले दिवंगत मायालुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित नेता मायालुको ७३ वर्षको उमेरमा असोज ४ गते राति वीर अस्पतालमा निधन भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)