प्रोत्साहन भत्ता कटौतीविरुद्ध स्वास्थ्यकर्मी आन्दोलनमा
gorkhapatraonline.com · Wed Oct 07 01:42:25 GMT 2026

कर्णाली प्रदेश सरकारले छात्रवृत्ति करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई दिँदै आएको प्रोत्साहन भत्ता कटौती गरेपछि चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन्। प्रोत्साहन भत्ता पुनः उपलब्ध गराउन र समान कामका लागि समान सेवा–सुविधाको माग गर्दै उनीहरूले शुक्रबारदेखि चरणबद्ध आन्दोलन सुरु गरेका हुन्।
आन्दोलनका कारण स्वास्थ्य संस्थाको बहिरङ्ग सेवा (ओपीडी) प्रभावित भएको छ। जिल्ला अस्पताल सल्यानमा मङ्गलबार चार घण्टा ओपीडी सेवा बन्द गरिएपछि उपचारका लागि पुगेका बिरामी तथा सेवाग्राहीले सास्ती बेहोर्नुपरेको छ। आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिक र प्रसूति सेवा भने सञ्चालनमा राखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)