दुर्गा मूर्ति बनाउन भ्याइ नभ्याइ
gorkhapatraonline.com · Wed Oct 07 01:44:49 GMT 2026

बडादसैँ नेपालीहरूको घरआँगनमा भित्रिँदै गर्दा बाँके जिल्लामा धार्मिक रौनक र चहलपहल ह्वात्तै बढेको छ । घटस्थापनादेखि नवदुर्गाभरि जिल्लाका विभिन्न चोक, टोल र बजार क्षेत्रमा परम्परागत रूपमा दुर्गा माताको भव्य मूर्ति स्थापना गरी पूजाअर्चना गर्ने परम्परा छ । सोही परम्परालाई मूर्त रूप दिन यतिबेला बाँकेका मूर्तिकार तथा स्थानीय कलाकारलाई मूर्ति बनाउन भ्याइ नभ्याइ भएको छ ।
माटो, बाँस, सुतरी र परालका टुक्रा मिलाएर देवीको मूर्ति निर्माणमा निकै व्यस्त र महत्वपूर्ण मानिन्छ । घटस्थापनाकै दिन दुर्गा मूर्तिको प्राणप्रतिष्ठा गरिने भएकाले कलाकार करिब डेढ महिनाअघिदेखि नै उक्त कार्यमा होमिने गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)