मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला

nepalsamaya.com · Mon Jun 08 08:11:02 GMT 2026

महोत्तरी- महोत्तरीको सम्सी गाउँपालिका–५ पोखरभिण्डा गाउँबाट शुक्रबारदेखि हराएका बालकको शव पोखरीमा तैरिरहेको अवस्थामा आज फेला परेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेका अनुसार शुक्रबार साँझ ५:०० बजेतिर आफ्नै घर छेउमा खेल्दाखेल्दै अचानक हराएका स्थानीय रोहीत यादवका तीन वर्षीय छोरा मनिकेश यादवको शव सोही ठाउँमा रहेको पोखरीमा फेला परेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)