एसियन गेम्स पुरुष क्रिकेट छनोट : उपाधि जित्न नेपालले १८९ रन बनाउनुपर्ने, शेरले लिए ४ विकेट
himalpress.com · Mon Jun 08 08:12:34 GMT 2026
काठमाडौँ- एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपाललाई हङकङले १८९ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङ रोजेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनायो।
नेपालका शेर मल्ल बाहेक अन्य बलर महँगा सावित भए। शेरले भने ४ ओभरमा ३२ रन खर्चिएर ४ विकेट लिए। करण केसीले २ विकेट लिँदा सन्दीप लामिछानेले सान्त्वना विकेट मात्र पाए। हङकङका अन्सुमाद नाथले ८० रनको पारी खेले। उनले ४५ बलमा छ छक्का र छ चौका हिर्काए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)