अर्थतन्त्रको बदलिँदो स्वरूप र कांग्रेसको नयाँ राजनीतिक कार्यदिशा
nepalpress.com · Wed Oct 07 01:53:59 GMT 2026

नेपालको अर्थतन्त्र अहिले एउटा यस्तो मोडमा पुगेको छ, जहाँ पुरानो विकासको भाषाले नयाँ समस्यालाई समेट्न कठिन हुँदै गएको छ। आर्थिक वृद्धिदर, बजेटको आकार वा पूर्वाधार निर्माणको तथ्याङ्कले मात्र मुलुकको आर्थिक स्वास्थ्य बुझ्न सकिँदैन। रोजगारीका लागि विदेशिने युवा, विप्रेषणमा बढ्दो निर्भरता, कमजोर उत्पादन, आयातमुखी उपभोग, निजी लगानीको सुस्तता, कृषि क्षेत्रमा घट्दो आकर्षण र सार्वजनिक लगानीको कमजोर कार्यान्वयनले नेपालको अर्थतन्त्रको संरचनागत समस्या देखाइरहेका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०२५/२६ मा विप्रेषण आप्रवाह रु. २३ खर्ब ६३ अर्ब पुगेको छ र यो कुल गार्हस्थ्य उत्पादनको ३५.८ प्रतिशत बराबर छ । सोही अवधिमा निजी क्षेत्रतर्फको कर्जा वृद्धि ६.६ प्रतिशत र औसत उपभोक्ता मुद्रास्फीति ३.०८ प्रतिशत थियो । राष्ट्र बैंककाे विप्रेषणले गरिबी न्यूनीकरण र परिवारको उपभोगमा महत्त्वपूर्ण योगदान दिएको भए पनि अर्थतन्त्रको उत्पादनशील आधार विस्तार नगरी त्यसमा अत्यधिक निर्भर रहनु दीर्घकालीन समाधान होइन । विश्व बैंकले पनि नेपालको संरचनागत चुनौतीका रूपमा न्यून श्रम उत्पादकत्व, कमजोर निर्यात क्षमता, घट्दो उत्पादनमूलक क्षेत्र, अविकसित पर्यटन, पूर्वाधार तथा नियामकीय कमजोरी र डिजिटल सीपको अन्तरलाई औँल्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)