हिन्दु संकटको भाष्यभित्रको राजनीति
shilapatra.com · Wed Aug 05 12:29:23 GMT 2026

नेपालको सार्वजनिक बहसमा पछिल्ला वर्षहरूमा एउटा प्रश्न बारम्बार उठिरहेको छ– के हिन्दु धर्म वास्तवमै संकटमा परेको हो ? हिन्दु राष्ट्र पुनःस्थापनाको माग, राजतन्त्रको पुनर्बहालीको आवाज र धार्मिक पहिचानसँग जोडिएका राजनीतिक अभियानहरूले यो प्रश्नलाई फेरि सतहमा ल्याएको छ ।
सतहमा हेर्दा हिन्दु राष्ट्रको माग धार्मिक भावना, सांस्कृतिक पहिचान र परम्पराको संरक्षणसँग जोडिएको देखिन्छ । कुनै पनि समुदायलाई आफ्नो आस्था, संस्कृति र पहिचानप्रति गौरव गर्ने अधिकार लोकतान्त्रिक समाजको आधारभूत अधिकार हो । तर, राजनीतिक बहसमा केवल सतही नारालाई मात्र होइन, त्यसको अन्तर्यमा रहेका सामाजिक, ऐतिहासिक र शक्ति-सम्बन्धका आयामलाई पनि बुझ्न आवश्यक हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)