एसियन कप : कतारद्वारा उपाधिको सानदार रक्षा
ekantipur.com · Sun Feb 11 00:47:08 GMT 2024
काठमाडौँ — अक्रम आफिफले तीनवटा पेनाल्टीमा गरेको ह्याट्रिकमा टिकेर कतारले शनिबार जोर्डनलाई ३–१ ले पराजित गर्दै एसियन कप २०२३ को उपाधि जितेको छ । यससँगै आयोजक तथा डिफेन्डिङ च्याम्पियन कतारले उपाधिको सानदार रक्षा पनि गरेको छ ।
सन् २०१९ को पनि विजेता कतार लगातार उपाधि जित्ने पाँचौं देश पनि बनेको छ । अफिफले २२ औं मिनेटमा पहिला गोल गरेयता जोर्डनका लागि याजन अल–निमटले बराबरी गोल फर्काएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)