लाखौँ कमाइ हुने भन्दै नक्कली ट्रेडिङ एपको प्रचारमा आफ्नो पहिचान दुरुपयोग भएपछि साइबर ब्युरो पुगे विनोद चौधरी
techpana.com · Wed Aug 05 12:39:12 GMT 2026

काठमाडौं । आफ्नो नाम, तस्बिर र आवाजको दुरुपयोग गरी सामाजिक सञ्जालमा ठगी धन्दा चलेपछि उद्यमी एवं पूर्व सांसद विनोद चौधरी कानुनी उपचारका लागि साइबर ब्युरो पुगेका छन् । बुधबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले आफ्नो पहिचान प्रयोग गरी फैलाइएका सामग्रीहरू आधिकारिक नभएको स्पष्ट पार्दै दोषीमाथि कारबाहीको माग गरेका हुन् ।
विगत केही समयदेखि विभिन्न डिजिटल माध्यमहरूमा आफ्नो नाम र तस्बिर प्रयोग गरी भ्रामक तथा अनधिकृत सामग्रीहरू प्रसारण भइरहेकोमा आपत्ति जनाउँदै उनले भनेका छन्, “मेरो नाम, तस्बिर वा पहिचान प्रयोग गरी सार्वजनिक गरिएका यस्ता सामग्रीहरू मेरो आधिकारिक धारणा, अभिव्यक्ति वा संलग्नतासँग कुनै सम्बन्ध राख्दैनन् । यस्ता सामग्रीको उत्पादन, प्रकाशन वा प्रसारणमा मेरो वा मसँग सम्बद्ध कुनै पनि आधिकारिक निकायको कुनै संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु ।”
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)