एक मिलियन भ्युजसहित ट्रेन्डिङमा ‘मितज्यू’, तेरियाको अभिनयले पायो तारिफ
nepalpress.com · Fri May 15 13:14:55 GMT 2026
काठमाडौँ । दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरको मुख्य भूमिका रहेको फिल्म ‘मितज्यू’ को ट्रेलर युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा पर्न सफल भएको छ। सार्वजनिक भएको केही दिनमै फिल्मले १० लाख भ्युज पार गरेको छ ।
ट्रेलरमा विशेष गरेर डान्सिङ रियालिटी शोबाट चर्चामा आएकी तेरियाको अभिनयलाई दर्शकले प्राकृतिक र प्रभावशाली भन्दै सामाजिक सञ्जालमा प्रशंसा गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)