शून्य लागतमा मौसमी कामदार आफैँ पठाउने तयारी गर्दै सरकार
nayapatrikadaily.com · Tue Nov 15 00:34:00 GMT 2022
नेपाल सरकारले शून्य लागतमा मौसमी कामदार पठाउने तयारी गरेको छ । पछिल्लो समयमा विभिन्न मुलुकले नेपालबाट मौसमी कामदार लैजान थालेपछि सरकारले नीतिगत रूपमा नै व्यवस्था गर्ने तयारी गरेको हो । यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदार पठाउने सम्बन्धित निर्देशिका तयार गरी कानुन मन्त्रालयमा पठाएको छ । मन्त्रालयको रायपछि थप प्रक्रिया अगाडि बढाइने श्रम मन्त्रालयका उपसचिव एवं सहायक प्रवक्ता डा. थानेश्वर भुसालले बताए ।
‘कोरियाली सरकारले ठूलो संख्यामा मौसमी कामदार भिœयाउने तयारी गरेको जानकारी पाएका छौँ,’ उनले भने, ‘कोरियाली सरकारको रणनीति नेपाली कामदारका लागि अवसर बन्न सक्छ भन्ने उद्देश्यसहित सरकारले आन्तरिक तयारी गरेको हो ।’ सम्बन्धित मुलुकको प्रतिनिधिपछि निर्देशिकालाई उपयुक्त आकार दिइने उनले बताए । मौसमी कामदारका विषयमा सरकारले शून्य लागतलाई पहिलो प्राथमिकतामा राखेको छ । यसका साथै कामदारले सम्बन्धित मुलुक र नेपालको श्रम ऐनबमोजिम पारिश्रमिक अन्य सेवा–सुविधाको सुनिश्चितता गर्न खोजेको मन्त्रालयका सहायक प्रवक्ता डा. भुसालले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)