एमालेको सचिवालय बैठकबाट दुईवटा प्रस्ताव पास गराउन ओली असफल, सिधै केन्द्रीय कमिटीमा जान झस्किए
barnanmedia.com · Tue Sep 30 22:09:29 GMT 2025

भदौ २३–२४ गतेको जेनजी आन्दोलनपछि फेरिएको राजनीतिक परिदृश्यमा सबैभन्दा संकटमा परेका एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार बसेको पार्टीको सचिवालय बैठकबाट दुईवटा प्रस्ताव पास गराउन चाहन्थे।
एमालेको सचिवालयमा रहेका एक नेताका अनुसार ओलीले पास गराउन खोजेका प्रस्ताव थिए- एक, एमालेको यो बैठक अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा विश्वास गर्दछ र ओलीकै नेतृत्वमा पार्टीलाई झन् एकताबद्ध बनाएर लैजाने निर्णय गर्दछ। दुई, पार्टी नेतृत्वविरोधी अभिव्यक्ति दिएका कारण केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई पार्टीबाट हटाउने र उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिवहरू योगेश भट्टराई र गोकर्ण विष्ट तथा पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटालाई स्पष्टीकरण माग्ने निर्णय गर्दछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)