मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गगन थापासँगको भेटपछि डा. मिनेन्द्र रिजालले उपसभापतिको उम्मेदवारी फिर्ता लिने

kendrabindu.com · Wed Oct 07 02:26:05 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिने भएका छन् । मंगलबार साँझ कांग्रेस सभापतिका उम्मेदवार गगन थापासँगको कुराकानीपछि उनी उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेका हुन् ।

डा. रिजालले गगन थापासँग भएको भेटमा गरिएको कुराकानीको भिडियो सामाजिक सञ्जाल फेसबुकमा समेत पोस्ट गरेका छन् । कांग्रेस फेरि कांग्रेस बनोस् भन्ने आफ्नै एउटै आकांक्षा रहेको उनले सुनाए । कांग्रेसको आफ्नो हार्ट र सोल फेरि प्राप्त गर्ने विश्वास व्यक्त गर्दै डा. रिजालले गगनको यात्रामा साथ दिने वचन दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)