एसियाली खेलकुद : भरपर्दो आयोजक जापानको प्रतिष्ठामा आँच
kendrabindu.com · Wed Oct 07 02:32:08 GMT 2026
नागोया । खेलकुदका ठुल्ठूला प्रतियोगिताका लागि जापान परम्परागत रूपमा भरपर्दो आयोजक रहने गरेको थियो । अहिले भने जापानको त्यही प्रतिष्ठामा आँच पुगेको छ । संगठित अस्तव्यस्तताले घेरिएको एसियाली खेलकुदका कारण जापानको छवि वास्तवमै धुमिलिएको छ । यस्तोमा विज्ञहरू भन्छन्, जापानले भविष्यमा ठूला प्रतियोगिताको आयोजनाको दाबी गर्छ भने त्यसमा शंका गरे हुन्छ ।
आइची–नागोयामा भएको एसियाली खेलकुदमा अनेक शृंखलाबद्ध गल्ती भएका छन् । खेलाडीलाई बसबाट गलत खेलस्थलमा धेरैपल्ट लगियो अनि हुँदाहुँदै दक्षिण कोरियाली हक्की टिमका लागि उत्तर कोरियाको राष्ट्रिय गाना बजाइयो । एसियाली खेलकुदलाई ओलम्पिकभन्दा पनि ठूलो मानिन्छ, सहभागिताका आधारमा । जापानले यसपल्ट सहभागी १७ हजारभन्दा बढी खेलाडी र पदाधिकारीलाई पर्याप्त आवासको व्यवस्था पनि मिलाउन सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)