अफगानिस्तानलाई ६६ रनले हराउँदै भारतले जीवितै राख्यो सेमिफाइनल पुग्ने आशा
ekantipur.com · Thu Nov 04 00:54:57 GMT 2021
काठमाडौँ — ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा बुधबार भारतले अफगानिस्तानलाई ६६ रनले हराउँदै सेमिफाइनलमा पुग्ने आशा कायमै राखेको छ । जारी प्रतियोगितामा भारत पहिलो खेलमा पाकिस्तानसँग १० विकेट र न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएको थियो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २१० रनको विशाल स्कोर बनाएको थियो । जारी ट्वान्टी–२० विश्वकपमा २०० भन्दा माथि रन बनाउने भारत पहिलो टिम पनि बनेको छ । भारतका लागि ओपनिङ ब्याट्सम्यानद्वय रोहित शर्मा र केएल राहुलले उत्कृष्ट ब्याटिङ गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)