टेलिकमद्वारा चिडियाखानाका लागि आहारा प्रदान
rajdhanidaily.com · Sun Apr 24 23:36:04 GMT 2022
काठमाडौं । नेपाल टेलिकमले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष, सदर चिडियाखाना जावलाखेलमा रहेका जनावर तथा पन्छीका लागि १ वर्षसम्म आहाराको प्रायोजन गरेको छ ।
यससम्बन्धी सम्झौतापत्रमा नेपाल टेलिकमका तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र सदर चिडियाखाना, जावलाखेलका तर्फबाट निर्देशक रचना शाहले हस्ताक्षर गरेका छन् । सो अवसरमा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारी र दुवै संस्थाका अन्य पदाधिकारीको समेत उपस्थिति रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)