अफगानिस्तानमा इन्टरनेट र मोबाइल सेवा बन्द
barnanmedia.com · Tue Sep 30 22:18:49 GMT 2025

तालिबान अधिकारीहरूले फाइबर अप्टिक नेटवर्क बन्द गरेपछि अफगानिस्तानले मङ्गलबार लगातार दोस्रो दिन इन्टरनेट र मोबाइल फोन सेवाविहीन अवस्थामा बिताएको छ ।
तालिबानले महिनाको शुरूमा ‘भाइस’ रोक्ने भन्दै केही प्रान्तहरूमा उच्चगतिको इन्टरनेट जडान बन्द गर्न थालेको थियो । इन्टरनेट वाचडग संस्था नेटब्लक्सका अनुसार सोमबार रातिसम्म मोबाइल सिग्नल र इन्टरनेट सेवा क्रमशः कमजोर हुँदै गएर सामान्य स्तरको एक प्रतिशतभन्दा तल झरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)